खोटाङ । झण्डै दुई तिहाइको कम्युनिष्ट सरकार अलोकप्रिय भइरहेका बेला खोटाङ जिल्लामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सय बढि नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका नेकपाका पूर्व गाविस अध्यक्ष सहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
बीपी कोईरालाको १०७ औं जन्मजयन्तीको अवशरमा नेपाली कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेकपाका पूर्व गाविस अध्यक्ष तथा नेकपा प्रदेश कमिटि सल्लाहकार सदस्य ज्ञानेन्द्र राई सहितका सय बढि नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेसका अनुशार नेकपाका गाउँ कमिटि उपाध्यक्ष दिपक विश्वकर्मा, क्रान्तिकारी माओबादीका जिल्ला सदस्य एबं युवा लिग खोटाङका अध्यक्ष जीवन श्रेष्ठ, सन्तोष विश्वकर्मा लगायतका नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको जनाएको छ । कार्यक्रममा नेकपाका ११९ जना नेता, कार्यकर्ता र समर्थक प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
उनीहरुलाई प्रमुख अतिथिका रुपमा कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई, नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति लक्ष्मीकुमार थापा, जिल्ला सदस्यहरु बसन्त राई, शरणकुमार राई, ललिता राउत, कांग्रेस नेतृ सपना राई,नेपाल तरुण दल जिल्ला सचिव कविन राई लगायतले पार्टी प्रवेश गराएका हुन् ।