• ट्रेण्डिङ:

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

रोदिक खबर

८, भाद्र २०८०
  • 6.3K
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । अपराह्न पाँच बजे बस्ने बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

    संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै छ । प्रमुख दलहरुले समितिका सभापतिमा भागबण्डा गरेका छन् । सभापति चयनको प्रक्रिया १० गतेदेखि सुरु हुने भएकाले पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।

    बैठकमा पार्टीले राखेका संकल्प प्रस्ताव, संसद्को पछिल्लो गतिविधि लगायत विषयमा पनि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र ८, २०८० शुक्रवार - ११:३७:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको