बिहिवार, कार्तिक १३ गते २०८३

सत्ता गठबन्धनले बारम्बार संविधान मिच्यो : झलनाथ खनाल

सत्ता गठबन्धनले बारम्बार संविधान मिच्यो : झलनाथ खनाल

रोदिक खबर

९, भाद्र २०८०
  • 6.5K
    SHARES
  • सत्ता गठबन्धनले बारम्बार संविधान मिच्यो : झलनाथ खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको सिकार आफ्नो पार्टी बन्न नहुने बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले गठबन्धनले बारम्बार संविधान मिचेको आरोप लगाए ।

    कोसी प्रदेश सरकारबारे सर्वोच्च अदालतले दुईपटकसम्म संविधानविरोधी काम भनेको विषयमा पार्टीको धारणा के हो ? भन्दै उनले प्रश्न गरे । गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको भन्दै उनले यसबारेमा पार्टी ‘क्लियर’ हुनुपर्नेमा जोड दिए ।

    “हामी संविधानको रक्षा गर्ने भन्छौँ, तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ ।

    कोसीमा त दुईपटक संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ ?,” उनले प्रश्न गरे, “हाम्रो पार्टी क्लियर हुनुपर्छ । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एकीकृत समाजवादी देशको सबैभन्दा ठूलो दल बन्न सक्ने सम्भवाना भएको पार्टी रहेको बताए ।

    प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १९:३३:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको