• ट्रेण्डिङ:

कांग्रेसले टुंगो लगायो संसदीय समिति सभापतिका उम्मेदवार

कांग्रेसले टुंगो लगायो संसदीय समिति सभापतिका उम्मेदवार

रोदिक खबर

१०, भाद्र २०८०
  • 6.1K
    SHARES
  • कांग्रेसले टुंगो लगायो संसदीय समिति सभापतिका उम्मेदवार

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ । राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ ।

    कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरेको थियो । उक्त समूहबाट जीवन परियारमात्रै परेका छन् । दुवै तिरको हुने गरी सन्तोष चालिसेलाई उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ ।

    लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १०:०४:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको