• ट्रेण्डिङ:

गैर लिम्बु समुदायले किराँती धर्मग्रन्थ मुन्धुमको अपव्याख्या गरेकोमा लिङ्देनको आपत्ति

गैर लिम्बु समुदायले किराँती धर्मग्रन्थ मुन्धुमको अपव्याख्या गरेकोमा लिङ्देनको आपत्ति

रोदिक खबर

११, भाद्र २०८०
  • 12.4K
    SHARES
  • गैर लिम्बु समुदायले किराँती धर्मग्रन्थ मुन्धुमको अपव्याख्या गरेकोमा लिङ्देनको आपत्ति

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गैर लिम्बू समुदायले गाई गोरुको बलि चढाउने चलन किराँतको धर्मग्रन्थमै उल्लेख भएको भन्दै मुन्धुमको अपव्याख्या गरेकोप्रति आपत्ति जनाएका छन् ।

    देशका धरान लगायत केही सहरहरूमा गाई गोरु हत्या गरेको विषयमा आन्दोलन चर्किरहेको बेला लिङ्देनले लिम्बुहरूको पवित्र ग्रन्थ मुन्धुममा गाई गोरु त के किरा–फट्याङ्ग्रा समेत मार्ने कुरा उल्लेख नरहेको जिकिर गरेका हुन् ।

    ‘विशेष गरी केही गैर लिम्बु जनजातिहरूले किराँत मुन्धुम अनुसार लिम्बुहरूले गाई गोरुको बलि चढाउने चलन छ भन्दै निरन्तर रूपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु’, उनले भने, ‘अरूको मुन्धुममा के छ कुन्नि उनीहरूले जानुन् ।

    तर किराँत धर्म सामाजिक मुन्धुममा गाई–गोरु त के कुरा किरा,फटेङ्ग्रा,कुखुरा,परेवा,हाँस,भेडा,बाख्रा,राँगा, भैँसी वा कुनै पनि जीवजन्तुको, हत्या(बलि) निषेध छ ।

    received_996653534983061.jpeg

    प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १६:२१:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको