• ट्रेण्डिङ:

शेखर समूहको बैठक आज, बैठकमा विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

शेखर समूहको बैठक आज, बैठकमा विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

रोदिक खबर

२, आश्विन २०८०
  • 4.3K
    SHARES
  • शेखर समूहको बैठक आज, बैठकमा विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज (मंगलबार) बस्दै छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको एक नेताले जानकारी दिए ।

    “सिटौला छाडेपछि प्रदीप हामीतिरै छन् । विश्वजीलाई पनि बोलाएका छौँ,” ती नेताले भने, “उहाँहरू हामीसँग हुनुहुन्छ भन्ने पटकपटकको सहकार्यले देखाइसकेको छ । बोलाएका छौँ, आउँछौँ भन्नुभएको छ ।”

    पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए । बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

    प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०६:३८:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको