• ट्रेण्डिङ:

रोकिएको बीपी साहित्य महोत्सवको कार्यक्रम आज हुने

रोकिएको बीपी साहित्य महोत्सवको कार्यक्रम आज हुने

रोदिक खबर

३, आश्विन २०८०
  • 1.4K
    SHARES
  • रोकिएको बीपी साहित्य महोत्सवको कार्यक्रम आज हुने

    काठमाडौं । नेपाली कांग्रेसले स्थगन गरेको बीपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम आज हुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार रोकिएको महोत्सवको कार्यक्रम ३ गते (आज) हुन लागेको हो ।

    कांग्रेसले भदौ २४ र २५ गते दुई दिनको कार्यक्रम सम्पन्न गरेपछि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण तेस्रो दिनको कार्यक्रम स्थगन गरेको थियो ।

    तेस्रो दिन बीपीको समाजवादी परिकल्पनामा शिक्षामा कि नोट स्पिच, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपी र बीपीको विचार, आजको संविधान र अबको बाटो सेसन रहेका छन् ।

    प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - ०७:११:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको