• ट्रेण्डिङ:

बीपीको समावेशीताको सोचलाई कहाँ छोडेका छौँ ? : कृष्ण सिटौला

बीपीको समावेशीताको सोचलाई कहाँ छोडेका छौँ ? : कृष्ण सिटौला

रोदिक खबर

३, आश्विन २०८०
  • 6.3K
    SHARES
  • बीपीको समावेशीताको सोचलाई कहाँ छोडेका छौँ ?  : कृष्ण सिटौला

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान निर्माण गर्दा बीपी कोइरालाको समावेशीताको सोचलाई नछोडेको दाबी गरेका छन् ।

    नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।

    बीपीले भनेका नागरिक अधिकार, न्यूनतम आवश्यकता पुरा नगर्ने कुराहरू संविधानमा भएको मौलिक हकले सम्बोधन गरेको उनले जनाए ।

    “विकेन्द्रीकरणको सिद्धान्तमा तीन तहका सरकार छन् । स्वास्थ्य, शिक्षा, रोजगारी, किसानको अधिकार त्यसरी व्यवस्था गरिएको छ ।

    भाषा शब्दमा घुमाउनु परेको छ किन भने त्यहाँ हामीमात्रै थिएनौं,” सिटौलाले भने, “बीपीको समावेशीताको सोचलाई अटाउन समानुपातिक समावेशी भन्यौं । कहाँ छोडेका छौँ बीपी ? बीपीले २००७ सालको क्रान्ति अगाडि नै संविधानसभाबाट संविधान जारी गर्ने अठोट लिएको उनले जनाए ।

    “पछि संसदीय चुनावमा जाँदा पनि संविधानसभा नहुँदा सम्मका लागि भनेर विज्ञप्ति नै जारी गरेको हो,” सिटौलाले स्पष्ट पारे, “बीपीको एउटामात्र धारणाबाट उहाँलाई हेर्नु हुन्न ।

    समग्रतामा हेर्नुपर्छ ।” मुलत : नेपाल स्वतन्त्र छ, सार्वभौम छ र यो देशमा जनता सार्वभौम छ भन्ने स्थापित गर्न बीपीको प्रभाव रहेको उनले बताए ।

    प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - १७:५४:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको