• ट्रेण्डिङ:

एमाले कोसी प्रदेश कमिटि उप–सचिवमा देवान राईको उम्मेदवारी

एमाले कोसी प्रदेश कमिटि उप–सचिवमा देवान राईको उम्मेदवारी

रोदिक खबर

१४, आश्विन २०८०
  • 10.5K
    SHARES
  • एमाले कोसी प्रदेश कमिटि उप–सचिवमा देवान राईको उम्मेदवारी

    खोटाङ। खोटाङका एमाले नेता देवान राईले कोसी प्रदेश कमिटि उप–सचिवमा उम्मेदवारी दिएका छन् । प्रदेश अध्यक्षका उम्मेदवार घनश्याम खतिवडाको टिमबाट नेता राईले उप–सचिवमा उम्मेदवारी दिएका हुन् ।

    बिराटनगरमा जारी एमालेको प्रदेश अधिबेसनमा राईले उप–सचिवमा उम्मेदवारी दिएको एमाले खोटाङका सचिव कुमार आचार्यले बताए ।

    २०४६ देखि राजनीतिमा लागेका राई हाल एमाले प्रदेश कमिटि सदस्य एबं स्वास्थ्य बिभाग प्रमुखको जिम्मेवारीमा छन् ।

    खोटाङबाट दलित सदस्यमा चर्च बिक, महिला सदस्यमा बिणादेबी राई, पुष्पकला भुजेल र दिलकुमारी राई निर्विरोध भएका छन् ।

    यस्तै, चार जना खुला सदस्यका लागि जिल्लाबाट आठ जना र ४० वर्षमुनिको एक सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

    आईतबार बिहान साँढे सात बजेसम्म मनोनयन फिर्ताको समय भएका कारण सहमती जुटाउने प्रयास भइरहेको सचिव आचार्यले बताए ।

    एमाले प्रदेश कमिटि अध्यक्षमा खतिवडा र बिनोद ढकाल चुनावी मैदानमा उत्रिएका छन् । अन्य नेता खतिवडाको पक्षमा हुँदा ढकालको पक्षमा भीम आचार्य मात्र उभिएका छन् ।

    प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप–सचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - ०६:४४:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको