• ट्रेण्डिङ:

बालुवाटारमा सत्तारुढ नेकपा स्थायी कमिटी बैठक शुरु 

बालुवाटारमा सत्तारुढ नेकपा स्थायी कमिटी बैठक शुरु 

रोदिक खबर

२६, भाद्र २०७७
  • 2.0K
    SHARES
  • बालुवाटारमा  सत्तारुढ नेकपा स्थायी कमिटी बैठक शुरु 

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । आन्तरिक विवादमा अल्झेको सत्तारुढ पार्टीको पाँचौँ स्थायी गत असार १० गतेदेखि शुरु भएर पटक पटक रोकिँदै चरम विवादका बीच साउन १३ गतेदेखि स्थगित स्थायी कमिटी बैठक लामो समय स्थगित गरेपछि आज ११ बजेबाट शुरु भएको हो ।

    गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् । आजको बैठकमा पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले पेश गरेको प्रतिवेदनलाई अन्तिम रुप दिएको प्रस्तावमाथि छलफल हुनेछ।

    नेकपा स्थायी कमिटीका एक सदस्यले दिएको जानकारी अनुसार बुधवार नै स्थायी कमिटी सदस्यहरुलाई इमेल मार्फत् पिडिएफ फाईल नै पठाइएका कारण आज लामो छलफल हुनेछैन । तर पार्टीमा आफ्नो धारणा राख्न चाहने सदस्यले अध्यक्षद्वय मामू आफ्नो धारणा राख्नेछन् । उक्त प्रतिवेदन अध्यक्षद्वयले अध्ययन गरेर आफ्नो सुझाव लिखित वा मौखिक रूपमा आज बैठकमा प्रस्तुत गर्ने ‘सेड्युल’ रहेको बुझिएको छ ।

    यद्यपी कार्यदलले पठाएको प्रस्तावमा वरिष्ठ नेता माधव कुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक प्रमुख जिम्मेवारीको विषय समेटिएको छैन । यसै कारण नेता नेपाल समूहले असन्तुष्टि राख्न सक्ने सम्भावना कायमै छ ।

    यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा प्रचार प्रसार विभाग उपप्रमुख सूर्य थापाले आजको बैठकले पार्टीको कचिङ्गल अन्त्य हुने अपेक्षा गरिएको बताएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै २०७६ फागुन यता विभिन्न रूपमा देखा परेको दाउपेचयुक्त विवाद समाधान भएर केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुरूप पुनः दुई अध्यक्षको समझदारीमा फर्केको छ । खासमा एकताको पहलकर्ता र निर्णयकर्ता दुबै उहाँहरू हो र एकता जोगाउने समझदारी पनि दुई जना अध्यक्षहरूकै हो । सरकारको प्रभावकारी सञ्चालन र पार्टीको एकता अनि गतिशीलता पनि यसआधारमा नै निश्चय हुनेछ ।


    ६ सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनको कार्यान्वयनमा अध्यक्षद्वयले सहमतिमा बनाउनुभएको कार्ययोजना प्रस्तावको एकताबद्ध कार्यान्वयन नै यसको आधारशीला बनेको छ, भनेका छन् ।

    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - ११:५६:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको