बिहिवार, कार्तिक १३ गते २०८३

समाजवादी मोर्चा संयोजन समिति खोटाङको अध्यक्षमा जसपाका खम्बु

समाजवादी मोर्चा संयोजन समिति खोटाङको अध्यक्षमा जसपाका खम्बु

रोदिक खबर

२६, आश्विन २०८०
  • 10.6K
    SHARES
  • समाजवादी मोर्चा संयोजन समिति खोटाङको अध्यक्षमा जसपाका खम्बु

    खोटाङ । खोटाङमा समाजवादी मोर्चा नेपालको संयोजन समिति घोषणा गरिएको छ । जिल्ला समन्वय समितिको समिक्षालय हलमा शुक्रबार आयोजना गरिएको सन्देशसभा कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले समाजवादी मोर्चा नेपालको संयोजन समिति घोषणा गरेका हुन् ।

    चेम्जोङले जनता समाजवादीका अध्यक्ष पिके खम्बू संयोजक रहेको समाजवादी मोर्चा नेपालको संयोजन समिति घोषणा गरेका हुन् । समाजवादी मोर्चा नेपालको संयोजन समिति सदस्यमा नेकपा माओवादी केन्द्रबाट दिपक पाण्डे र जीवन राई, नेकपा (एकीकृत समाजवादी) बाट जलसेर राई र दधी श्रेष्ठ, जनता समाजवादीबाट खम्बू र निर्मल राई, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट सञ्जिव मगर सी र सुदिप खत्री सी चयन भएका छन् ।

    आलोपालोमा प्रत्येक छ महिनामा नेतृत्व परिवर्तन गर्नेगरी जिल्लामा समाजवादी मोर्चा नेपालको संयोजन समिति गठन गरिएको हो । मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न सचिवालय बनाइने जानकारी दिइएको छ । जिल्लामा समाजवादी मोर्चामा आवद्ध चार दल छन् ।

    कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष राईले मोर्चाको अवधारणामार्फत मोर्चाको आवश्यकता, उद्धेश्य, महत्व र नीतिगत प्रतिवद्धताका बारेमा प्रकाश पारेका थिए ।

    sa.jpeg

    कार्यक्रमलाई जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य चेम्जोङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राई, नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री राजन राई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका केन्द्रीय सदस्य चन्द्र बुढाथोकी शैलेश सीले सम्बोधन गरेका छन् ।

    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - २१:२८:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको