• ट्रेण्डिङ:

कोरोनाबाट बच्न वाणिज्य संघको तीन मिनेट सचेतजनामूलक अभियान ! 

कोरोनाबाट बच्न वाणिज्य संघको तीन मिनेट सचेतजनामूलक अभियान ! 

रोदिक खबर

२६, भाद्र २०७७
  • 2.8K
    SHARES
  • कोरोनाबाट बच्न वाणिज्य संघको तीन मिनेट सचेतजनामूलक अभियान ! 

    खोटाङ । कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि उद्योग वाणिज्य संघ खोटाङले दिक्तेलबजारमा सचेतनामुलक अभियान थालेको छ ।

    दिनानुदिन कोरोना भाइरसको जोखिम बढिरहेकाबेला वाणिज्य संघले बिहीबारदेखि दिक्तेलबजारका घर तथा पशलमा पुगेर सचेतनामुलक कार्यक्रम सुरु गरेको हो । कोरोनाको संक्रमण फैलिन नदिनका लागि प्रत्येक घर तथा पशलमा कम्तीमा ३ मिनेट स्वास्थ्य सुरक्षा सचेतनाका विषयमा जानकारी दिइने उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए । 

    वाणिज्य संघले कम्तीमा ३ मिनेटभित्र ग्राहकसँग भौतिक दुरी कायम गर्न प्रत्येक पशलको ढोकामा अनिवार्य डोरी टाँग्ने, अनिवार्य मास्क प्रयोग गर्न लगाउने, तोकिएकोभन्दा बढि मूल्यामा मास्क विक्रीवितरण नगर्न आग्रह गरिसक्ने गरी अभियान थालेको हो ।

    यस्तै, होटलमा ‘एक बेञ्च, एक टेवल’मा ग्राहकलाई खाने वस्ने व्यवस्थाका लागि आग्रह गरिएको संघका अध्यक्ष राईले बताए । अभियानकाक्रममा वाणिज्य संघले सामान्य किसिमको मास्कलाई जोडीको १५ रुपैयाँमा बिक्रीका लागि सूचना टाँस गरिरहेको छ । 

    बाणिज्य संघले दिक्तेलबजारका बढि चहलपहल हुने क्षेत्रमा जिवाणुनाशक सोडियम हाईपोक्लोराइड स्प्रे सुरु गरिएको जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र २६, २०७७ शुक्रवार - १२:२८:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको