• ट्रेण्डिङ:

नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले गरे गाडी फिर्ता

नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले गरे गाडी फिर्ता

रोदिक खबर

२८, आश्विन २०८०
  • 10.8K
    SHARES
  • नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले गरे गाडी फिर्ता

    नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक भूपेन्द्र राईले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् ।

    कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलबाट राजीनामा दिएको भेलिपल्टै संसद सचिवालयबाट प्राप्त गाडी राईले फिर्ता गरेका हुन् ।

    वि.सं.२०७९ मंसीर १० गतेबाट प्राप्त भएको को १ झ ६५१ को स्कारपीयो गाडी संसद सचिवालयलाई फिर्ता गरेको राईले बताए। संसदीय दलका नेताले राजीनामा दिएपश्चात राजनीतिक संस्कारको विकासको लागि आफँले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको प्रमुख सचेतक राईले बताए ।

    “आज सार्वजनिक बिदाको दिन भएपनि कर्मचारीलाई कार्यालयमा बोलाएर गाडी फिर्ता गरेको हुँ । ” राईले भने ।

    प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - १६:५५:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको