• ट्रेण्डिङ:

एमाले खोटाङद्वारा दशैं, तिहार र छठको अवसरमा शुभकामना आदान–प्रदान, लगाइयो सदभावको टिका

एमाले खोटाङद्वारा दशैं, तिहार र छठको अवसरमा शुभकामना आदान–प्रदान, लगाइयो सदभावको टिका

रोदिक खबर

२८, आश्विन २०८०
  • 11.1K
    SHARES
  • एमाले खोटाङद्वारा दशैं, तिहार र छठको अवसरमा शुभकामना आदान–प्रदान, लगाइयो सदभावको टिका

    खोटाङ । दशैं, तिहार र छठको अवसरमा नेकपा एमाले खोटाङले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दशैं शुरु भएको घटस्थापनाको दिन आइतबार अन्य सहकर्मी पार्टीलाई बोलाएर एमालेले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । पुष्पलाल स्मृति भवनमा आयोजित कार्यक्रममा दशैं, तिहार र छठको स्वागतमा शुभकामना आदानप्रदान गर्दै सामुहिकरुपमा सद्भावको टिका लगाइएको छ ।

    चाडपर्वलाई हर्षोल्लासका साथ मनाउने आव्हानमा एमालेले दशैंतिहार तथा छठको अवशरमा प्रतेक वर्ष सद्भावकालागि शुभकामना आदानप्रदान गर्दै टिका लगाउने परम्परा बसाएको छ । जिल्लाका राजनैतिक दल, कार्यालय, संघसंस्था, सर्वसाधारणबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै चाडपर्वलाई शान्तिपूर्ण, फजुल खर्च र मदिरारहित बनाउन आव्हान स्वरुप शुभकामना आदानप्रदान गर्दै सामुहिकरुपमा सद्भावको टिका लगाइएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

    कार्यक्रमको अन्तिममा ज्येष्ठ नागरिक टंकप्रसाद आचार्यले दलका नेता, कर्मचारी, पेशागत संगठन, संघसंस्थाका प्रतिनिधि तथा पत्रकारलाई फूलटिका लगाइदिएर आशिर्वाद दिएका थिए । एमालेका केन्द्रीय सदस्य एबं कोसी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री उषाकला राईको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रमका वक्ताहरुले चाडपर्व मनाउने नाममा फजुल खर्च नगर्न र शान्तिपूर्णरुपमा चाडपर्व मनाउनका लागि आग्रह गरेका छन् ।

    कार्यक्रममा एमाले केन्द्रीय सदस्य एबं कोसी प्रदेश पूर्व सामाजिक विकास मन्त्री राई, पूर्वसांसद कुलप्रसाद फुयाँल, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, नेपाली कांग्रेसकी महाधिबेसन प्रतिनिधि डिल्लीकुमारी आचार्य, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डे, जनता समाजवादी पार्टीका उपाध्यक्ष निर्मल राई, एमाले कोशी प्रदेश लेखा आयोग सचिव ओमप्रकाश घिमिरे, उद्योग बाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य मनकाजी राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । एमाले सचिव कुमार आचार्यले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष देवबिक्रम राईले स्वागत मन्तव्य राखेका थिए ।

    प्रकाशित मिति :आश्विन २८, २०८० आइतवार - १८:५८:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको