• ट्रेण्डिङ:

कसैले भ्रम नपाल्दा हुन्छ , गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

कसैले भ्रम नपाल्दा हुन्छ , गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

रोदिक खबर

९, कार्तिक २०८०
  • 7.5K
    SHARES
  • कसैले भ्रम नपाल्दा हुन्छ ,  गठबन्धन पाँच वर्ष टिक्छ  :  प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन भत्काउन अनेक प्रयत्न भइरहेको बताएका छन् ।

    बिहीबार दिउँसो रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले अहिले माओवादीको एकल नभएर संयुक्त सरकार भएको बताए ।

    “गठबन्धन भत्काउन, टुटाउन, तोड्न अनेकौँ प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन्,” उनले भने, “म तपाईंलाई जोड दिएर भन्छु– यो गठबन्धन पाँचै वर्ष जान्छ ।

    गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ ।” अर्को प्रसंगमा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेस केही दिनमा नेपाल आउने बताए ।

    राष्ट्रसंघको महासभामा जाँदा आफूले महासचिव गुटर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएको उनले उल्लेख गरे ।

    जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिन गरिएको आग्रह स्वीकार गरेर उनी नेपाल आउन लागेको प्रधानमन्त्रीको भनाइ छ ।

    “मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ, यसले विश्वको ध्यान नेपालमा खिच्नेछ । यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो,” उनले भने ।

    प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - २१:०५:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको