• ट्रेण्डिङ:

एमालेको आज चियापान कार्यक्रम

एमालेको आज चियापान कार्यक्रम

रोदिक खबर

१५, कार्तिक २०८०
  • 7.8K
    SHARES
  • एमालेको आज  चियापान कार्यक्रम

    काठमाडौं । नेकपा (एमाले)ले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज गर्दै छ ।

    कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ ।

    चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ । एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो ।

    तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।

    प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - ०६:२४:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको