• ट्रेण्डिङ:

मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?

मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?

रोदिक खबर

२७, भाद्र २०७७
  • 2.4K
    SHARES
  • मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?

    दम्पतीबीच नियमित शारीरिक सम्बन्ध भइरहेको अवस्थामा जब श्रीमतीको मासिक श्राव रोकिन्छ, यसलाई गर्भ रहेको सूचक मानिन्छ । सन्तानको योजना बनाइरहेका दम्पतीका लागि यो एक सुखद संकेत पनि हो । तर, मासिक श्राव रोकिनुअघि नै गर्भ रहेको वा नरहेको थाहा पाउन सकिन्छ त ? किनभने मासिक श्राव रोकिनुअघि नै गर्भ रहेको हुन्छ ।

    जब अण्ड निषेचन भइ गर्भाशयमा प्रत्यारोपित हुन्छ, अनि महिला गर्भवती हुन्छिन् । यो घटना महिनावारी रोकिनुभन्दा निकै अगाडि हुन्छ । त्यसो भए महिनावारी रोकिनु अगावै गर्भवती भएको कसरी थाहा पाउने ?

    खासमा गर्भावस्थाको प्रारम्भिक चरणमा नै धेरै किसिमका लक्षणहरु देखिएका हुन्छन् । यिनीहरुलाई बुझ्न सके गर्भ रहेको पत्ता लगाउन सहज हुन्छ ।

    स्तनमा परिवर्तन

    गर्भधारण गरेको १–२ हप्तामा नै स्तनमा परिवर्तन देखिन थाल्छ । यस क्रममा स्तनमा दुखाई, भारीपन तथा आकार ठूलो हुन सक्छ ।

    शरीरको तापक्रममा फरक

    जब हामी आरामको अवस्थामा हुन्छौं त्यतिबेलाको हाम्रो शरीरको तापमानलाई ‘बेसल बडी टेम्परेचर’ भनिन्छ । महिनावारीका क्रममा यो तापमान बढ्छ तर, गर्भावस्थाका दौरान बीबीटी बढेको बढ्यै हुन्छ । त्यसैले तपाईंले आफ्नो शरीरको तापमानमा ध्यान दिनुपर्छ ।

    हल्का रक्तश्राव

    यदि तपाईंको मासिक धर्म नियमितरुपमा २८ दिनको साइकलमा हुन्छ भने गर्भ रहेको बेला २०–२४ दिनदेखि नै हल्का रक्तश्राव हुन थाल्छ । यसलाई इम्प्लान्टेसन ब्लिडिङ पनि भनिन्छ ।

    थकावट

    गर्भावस्थाका सुरुवाति दिनहरुमा प्रोजेस्टेरोन हार्मोनको विकास हुन्छ । यसको कारणले थकाइ लाग्ने, निद्रा लाग्ने हुन थाल्छ । यसको साथै यी दिनहरुमा टाउको दुख्ने, कमर दुख्ने समस्याहरु पनि हुन्छन् ।

    बारम्बार पिशाब लाग्नु

    बारम्बार पिशाब लागिरहनु पनि गर्भावस्थाको एउटा लक्षण हो । खासगरी राति सुतेको बेला धेरै पिशाब लाग्छ ।

    खाना मिठो नलाग्नु

    यतिबेला तपाईंलाई पहिले अत्यधिक मन पर्ने खानेकुरा रुच्न छोड्छ । त्यसको बास्ना र स्वाद मन पर्दैन । लगभग ८५ प्रतिशत महिला सुरुवाती ३ महिनामा यस्तो स्थितिबाट गुज्रिन्छन् ।

    चक्कर लाग्नु

    गर्भावस्थाका दौरान रक्तचाप कम हुन्छ । यसले गर्दा चक्कर लागिरहन्छ । सुरुवाति तीन महिनामा यस्तो अत्यधिक हुन्छ । दोस्रो त्रैमासिकमा रक्तचाप सामान्य अवस्थामा आउँछ ।

    मुड चेन्ज तुरुन्तै

    प्रेग्नेन्सीका क्रममा हार्मोनल चेन्जहरु हुन्छन् जसले दिमागको न्यूरोट्रान्समिटर्समा प्रभाव पार्छ । यसले गर्दा अचानक रुने, अचानक रिस उठ्ने वा अचानक खुशी हुने स्वभाव देखापर्छ ।

    अनलाइन खबरबाट ।

    प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - १६:१४:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको