• ट्रेण्डिङ:

सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत

सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत

रोदिक खबर

१९, कार्तिक २०८०
  • 6.3K
    SHARES
  • सरकारले भूकम्पमा मृत्यु भएकालाई दुई लाख राहत

    दिने काठमाडौँ, कात्तिक १९ गते । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई प्रतिमृतक रु. दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिईन् ।

    यसैगरी जाजरकोट भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिईन् । 

    शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो । 

    प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - १३:५४:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको