• ट्रेण्डिङ:

भूकम्प पीडितलाई तरुण दल खोटाङले पठायो २३ हजार २०१ रुपैयाँ

भूकम्प पीडितलाई तरुण दल खोटाङले पठायो २३ हजार २०१ रुपैयाँ

रोदिक खबर

२३, कार्तिक २०८०
  • 2.6K
    SHARES
  • भूकम्प पीडितलाई तरुण दल खोटाङले पठायो २३ हजार २०१ रुपैयाँ

    खोटाङ । नेपाल तरुण दल खोटाङले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प पीडितलाई राहत रकम पठाएको छ । गत कात्तिक १७ गते राती गएको भूकम्पबाट आफन्त गुमाएका, घाइते बनेका र विस्थापित भएका पीडितको पुःर्नवासको व्यवस्थापनका लागि तरुण दलले २३ हजार २०१ रुपैयाँ पठाएको हो ।

    विनाशकारी भुकम्पको कारण विपत्तीमा परेका नागरिकको सहयोगको लागि संकलन गरिएको राहत रकम तरुण दल केन्द्रीय समितिले निर्णय गरे अनुसारको खातामा बुधबार जम्मा गरिएको नेपाल तरुण दल खोटाङका अध्यक्ष काजीमान राईले बताए ।

    तरुण दलले सुरुका दिन १३ जनाबाट संकलन भएको रकम राहत स्वरुप भूकम्प पीडितको नाममा पठाएको हो । भूकम्प पीडितको सहयोगार्थ राहत रकम संकलन कार्य जारी राखिने तरुण दलका अध्यक्ष राईले बताए ।

    तरुण दलले आन्तरिक रुपमा सुरु गरेको राहत संकलन कार्य निरन्तर जारी राखिने छ, अध्यक्ष राईले भने, सहयोग गर्न इच्छुक तरुण साथीहरुलाई जिल्ला कार्य समिति सदस्य सनम राई (जोजो) वा जिल्ला कार्य समितिलाई सम्पर्क राख्न अनुरोध गरिन्छ । जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - ०९:२४:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको