पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या ५३ हजार १२० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।
आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्।
हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्। पछिल्लो २४ घन्टामा ८५२ जना निको भएका छन् भने ३७ हजार ५२४ जना हालसम्म निको भइसकेका छन्।