• ट्रेण्डिङ:

अखिल नेपाल महिला संघ खोटाङको अध्यक्षमा श्रेष्ठ चयन

अखिल नेपाल महिला संघ खोटाङको अध्यक्षमा श्रेष्ठ चयन

रोदिक खबर

१३, मंसिर २०८०
  • 2.9K
    SHARES
  • अखिल नेपाल महिला संघ खोटाङको अध्यक्षमा श्रेष्ठ चयन

    अखिल नेपाल महिला संघ खोटाङको अध्यक्षमा धनकुमारी श्रेष्ठ चयन भएकी छन् । संघको सातौं जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ४६ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

    संघको उपाध्यक्षमा रेजिना आचार्य र कल्पना केसी, सचिवमा चन्द्रकला भुजेल, सहसचिवमा राजकुमारी राई र कोषाध्यक्ष कौशिला गुरुङ चयन भएको अखिल नेपाल महिला केन्द्रीय सचिव विणादेवी राईले जानकारी दिइन ।

    अखिल नेपाल महिला संघ केन्द्रिय महासचिव तथा नेकपा एमाले केन्द्रीय सदस्य पेम्बा लामाको प्रमुख आतिथ्य तथा दिल कुमारी राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राई, नेकपा एमाले केन्द्रीय सदस्य रमेश पौडेल, अखिल नेपाल महिला संघ कोसी प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य सिर्जना राई, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेकपा एमाले खोटाङका सचिव कुमार आचार्य कुमार आचार्य लगाएतको उपस्थिति रहेको जनाइएको छ ।

    प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - १९:५८:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको