बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबविरुद्ध पक्राउ पूर्जी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबविरुद्ध पक्राउ पूर्जी

रोदिक खबर

१८, मंसिर २०८०
  • 8.1K
    SHARES
  • नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबविरुद्ध पक्राउ पूर्जी

    काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सार्वजनिक पक्राउ पूर्जी जारी गरिएको हो ।

    जिल्ला अदालत काठमाडौंले आज गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

    त्यस्तै राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरु फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि इजलासले नै उनीहरुलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो । १० मंसिरमा इजलासबाट भएको आदेश अनुसार जिल्ला अदालत प्रशासनले गोरखापत्रमा सूचना निकालेको हो ।

    pakrau-purji.webp

    प्रकाशित मिति :मंसिर १८, २०८० सोमवार - २१:०८:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको