बिहिवार, कार्तिक १३ गते २०८३

एमालेको संकल्पयात्रालाई अवरोध गर्ने पाँचजनालाई पाँच दिनको म्याद थप

एमालेको संकल्पयात्रालाई अवरोध गर्ने पाँचजनालाई पाँच दिनको म्याद थप

रोदिक खबर

२८, मंसिर २०८०
  • 8.1K
    SHARES
  • एमालेको संकल्पयात्रालाई अवरोध गर्ने  पाँचजनालाई पाँच दिनको म्याद थप

    खोटाङ। नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभन्ज्याङ यात्रा’लाई अवरोध पुर्‍याएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीसहित पाँचजनालाई  पाँचदिनको म्याद थप गरिएका छ ।

    खोटाङको हलेसीबाट पक्राउ परेका किराती, राजेश राई, विजय राई, गन्धमान राई र उदीम चाम्लिङ विरुद्ध प्रहरीले पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नाव उपरिक्षक पुरुषेत्तम खड्काले बताए  । उनीहरू सडक अवरुद्ध गरेको आरोपमा  मंगलबार पक्राउ परेका थिए ।

    कोसी प्रदेशमा पहिचानवादी पक्षधरले मध्यपहाडी मार्गमा बन्द आह्वान गरेका थिए । बन्दको अवज्ञा गरेको भन्दै उनीहरू आगजनीमा समेत उत्रिएका थिए । मंसिर १४ गतेदेखि सुरु गरिएको एमालेको संकल्पयात्रा मंगलबार कोसी प्रदेश प्रवेश गरेको थियो ।

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - ०९:०२:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको