• ट्रेण्डिङ:

अनेरास्ववियु खोटाङको अध्यक्षमा उपरकोटी चयन

अनेरास्ववियु खोटाङको अध्यक्षमा उपरकोटी चयन

रोदिक खबर

३०, मंसिर २०८०
  • 7.8K
    SHARES
  • अनेरास्ववियु खोटाङको अध्यक्षमा उपरकोटी चयन

     खोटाङ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको अध्यक्षमा बिष्णु उपरकोटी चुनिएका छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन माविको प्राङ्गणमा शुक्रबार सम्पन्न २४ औं जिल्ला सम्मेलनबाट उपरकोटी सर्वसहमत अनेरास्ववियुको अध्यक्षमा चुनिएका हुन् ।

    अधिवेशनले उपरकोटीको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्षमा सुरेश प्रधान, शुशिला तिम्सिना, सचिवमा अभिषेक घिमिरे, सह–सचिवमा ईश्वर आचार्य, प्रकाश पौडेल, बिक्रम क्षेत्री र उर्मिला राई तथा कोषाध्यक्षमा रम्बोहाङ राई चयन भएका छन् ।

    अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले उद्घाटन गरेको अधिवेसनमा अनेरास्ववियुका केन्द्रीय महासचिव नरेश रोकायलगायतको उपस्थिति थियो।

    प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - ०८:३३:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको