• ट्रेण्डिङ:

उजाड गाउँलाई रहर र आशा लाग्दो बनाउँछु : ओली

उजाड गाउँलाई रहर र आशा लाग्दो बनाउँछु : ओली

रोदिक खबर

३०, मंसिर २०८०
  • 5.1K
    SHARES
  • उजाड गाउँलाई रहर र आशा लाग्दो बनाउँछु :  ओली

    तेह्रथुम । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले उजाड बन्दै गएको गाउँलाई रहर र आशा लाग्दो बनाउने महाअभियानमा एमाले रहेको बताएका छन् । विकास र सेवासुबिधा सहरतर्फ केन्द्रित हुँदा गाउँ उजाड बन्दै गएको बेला अध्यक्ष ओलीले वढ्दो बसाइसराई रोक्न एक मात्र विकल्प गाउँको विकास अपरिहार्य भएको बताएका हुन् ।

    झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १६ औँ आफ्नो जन्मघर तेह्रथुममा पुगेका अध्यक्ष ओलीले आफ्ना बालसखासँग कुराकानी गर्दै गाउँको विकास र समृद्धि सृजना गर्न एमालेले मिसन ८४ अभियान सुरु गरेको बताए। उनले भने, ‘स्थिर सरकार नबन्दा, गाउँको विकास हुन सकेन, जनताले दुःख पाए, वेरोजगारको संख्या बढ्यो, तसर्थ विकास र समृद्धिका लागि यो मुलुकमा एमालेको एकल वहुमतको सरकार आवश्यक रहेकाले मिसन ८४ सुरु गरेका हौ ।

    ‘यति सुन्दर गाउँ आज उजाड बन्यो, मान्छे बस्ने हैन् आउनेसमेत वातावरण बनेन्, उनले भने, ‘यी सबै काम छोटो समयमा एमालेको नेतृत्वको सरकारले सुरु गरेको थियो, तर त्यसबाट अत्तालिएर पार्टी भित्र र वाहिरका अन्य शक्ति लागेर अदालतको आदेशमा ढाले । बालसखासँगको छोटो भेटघाटमा उनीहरुले मन फुकाएर कुरा गरेका थिए ।

    उहाँहरू मध्ये आफुले गाउँमा व्यवसायिक कृषि सुरु गरेको तर बजार अभाव भएकाले उत्पादित बस्तु खेर गएको गुनासो सुनाए। ओली गाउँमा पुग्दा एक बालसाखले भिडियो कल गरे र गाउँमा बस्ने वातावरण नभएका गुनासो गरे । ‘त्यहाँ सुनसान छ, कोही छैन अप्ठेरो छ’, उनले गुनासो गरे । केपी ओलीको पहलमा गाउँमा बाटो पुगेको तथा प्राविधिक शिक्षालय बनेकोमा भने उनले खुसी व्यक्त गरे । आफू जन्मिएको ठाउँ बनाएको भन्दै उनले ओलीको प्रशंसा गरे ।

    ओलीले आफ्नो घर जग्गा र छिमेकीको समेत किनेर प्राविधिक शिक्षालयलाई दान दिएका छन्, जहाँ प्राविधिक विषयका विद्यार्थी पढिरहेका छन् । गाउँ सुनसान भएको भन्दै फोन गर्ने साथीलाई ओलीले गाउँमा मानिस आउने र कृषि कर्मको वातावरण बनाउने योजना आफूले बनाइरहेको बताए ।

    ‘म योजना गर्दै छु, मान्छे आउने खालको योजना, कसरी कृषि गर्ने, यो खालको कृषिको योजना गर्दै छु’, ओलीले उनलाई आश्वस्त पारे । उनले भिडियो कल गर्दा गर्दै अर्का बालसखाले ६ सय एभोकार्डो र ११ सय बोट कागती लगाएको ओलीलाई सुनााए । ओलीले उनलाई तपाईहरुको कृषि क्रान्ति मन पर्यो यसलाई अझ व्यवसायिक हिसावले अघि बढाउनुस साथमा एमाले छ भन्दै आश्वस्त पारे ।

    प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - ०८:४७:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको