राष्ट्रियसभा निर्वाचन :

मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

रोदिक खबर

११, माघ २०८०
  • 6.2K
    SHARES
  • मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

    जनकपुर । राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य कोटा तर्फबाट ७ हजार ३७० मतभार पाएर ढुंगाना निर्वाचित भएका हुन् ।

    ढुंगानाले प्रदेशसभा सदस्यका ६७ र पालिका पदाधिकारीहरुको २०१ मत पाए । एमालेका बिजेता झाले २ हजार ४८४ मतभार पाए । उनलाई प्रदेशसभाका २५ र पालिपाका पदाधिकारीको ६१ मत परेको छ । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् ।

    उनलाई प्रदेशसभाका ७६ र पालिका पदाधिकारीहरुको २०५ मत परेको छ । एमालेकी उषा चौधरीले दुई हजार ४४६ मतभार पाइन् । उनलाई प्रदेशसभातर्फ २५ र पालिका पदाधिकारीतर्फ ५९ मत परेको थियो । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५२ र स्थानीय पालिका पदाधिकारीको मतभार १९ हुन्छ ।

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १७:३६:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको