खोटाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरस्तरीय समिति गठन गरेको छ । जिल्ला समन्वय समितिको सभा हलमा शुक्रबार भएको जिल्ला भेलाका अवशरमा पर्शुराम थापा “आशिष” को संयोजकत्वमा नगरस्तरीय समिति गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सचिव मुकुन्दकृष्ण थापाले जानकारी दिए ।
क्षेत्रीय सचिव थापाका अनुसार समितिको सह–संयोजकमा चन्द्रकला परियार, सचिवमा बिजय मिश्र, कोषाध्यक्षमा जीवन ढकाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा भरत ढकाल, खगेन्द्र आचार्य, एकराज ढकाल, आनन्द खत्री, मञ्जु घिमिरे रिजाल, टेकबहादुर बस्नेत, अन्जना आचार्य र चन्द्रकला दुलाल चयन भएको जनाइएको छ ।
नगर समिति चयनसँगै उपस्थित केन्द्र तथा प्रदेशका नेताहरुले जिल्लाका नेता कार्यकर्तालाई पार्टीको संगठन सम्बन्धित प्रशिक्षण समेत दिएको सचिव थापाको भनाइ छ । प्रतिनिधि सभा सदस्य अशोक चौधरी, कोशी प्रदेश सभापति राजेश तिमिल्सिना, महामन्त्री लाल विक्रम थापा, जिल्ला संयोजक रविन्द्र ओझा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा समिति गठन गरिएको हो ।
खोटाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका गरी चार वटा पालिकास्तरीय र २८ वडामा वडा समिति बिस्तार गरेको रास्वपाले जनाएको छ ।