• ट्रेण्डिङ:

कांग्रेस महामन्त्री गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’

कांग्रेस महामन्त्री गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’

रोदिक खबर

१३, माघ २०८०
  • 7.4K
    SHARES
  • कांग्रेस महामन्त्री गगन थापाले झापाबाट सुरु गरे ‘संवाद यात्रा’

    झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज १३ माघ देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन्। हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने पूर्व निर्धारित कार्यक्रमअनुसार थापाले आजदेखि भद्रपुरको मेची पुलबाट यात्रा थालनी गरेका हुन् ।

    अभियानको पहिलो दिनमा गगन थापाका साथै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरु कृष्णप्रसाद सिटौला, प्रदीप पौडेललगायत सहभागी भएका छन् । यो यात्रा २६ माघसम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म चल्नेछ ।

    यसअघि शुक्रबारदेखि कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ । त्यही अभियानअन्तर्गत थापाले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा सुरु गरेका हुन् ।

    संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम हुने महामन्त्री थापाको सचिवालयले जनाएको छ ।

    उनले संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने बताएका छन् । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्नेछ । थापाले संवाद यात्राको कार्यक्रम बिहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने योजना छ ।

    प्रकाशित मिति :माघ १३, २०८० शनिवार - २२:०५:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको