• ट्रेण्डिङ:

वामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफरिस गर्ने सरकारको निर्णय

वामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफरिस गर्ने सरकारको निर्णय

रोदिक खबर

२९, भाद्र २०७७
  • 3.4K
    SHARES
  • वामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफरिस गर्ने सरकारको निर्णय

    सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरेपछि राष्ट्रपतिले उनलाई मनोनित गर्ने छिन्। भदौ १८ गते बसेकाे नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेकाे थियाे।

    बर्दियामा प्रत्यक्षबाट निर्वाचनमा पराजय व्यहोरेको गौतमलाई नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त स्थानमा अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने पक्षमा थिए। तर, उपाध्यक्ष गौतमले अडान नछाडेपछि ओली व्याक भएका थिए।

    गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गत मङ्सिरदेखि नै हुँदै आएको थियाे। तर, उनले राष्ट्रियसभाबाट प्रधानमन्त्री बन्‍ने बाटो खुला भएपछि मात्रै जाने अडान लिइरहेका थिए। त्यही क्रममा फागुन १३ गते बसेको सचिवालय बैठकले उनलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो।

    प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - २३:०५:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको