खोटाङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको छ ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका ४० बुँदे माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीका खोटाङका अध्यक्ष ललित कुमार राईको नेतृत्व गएको जिल्ला प्रशासन कार्यालय खोटाङ प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवार ज्ञापन पत्र पठाएको हो ।
‘देश यस्तो अवस्थामा पुग्यो कि यही सहन सक्दैन । नवीन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्यो भनेका छौं’ राप्रपा अध्यक्ष राईले भने, ‘राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शनहरु अगाडि बढाउँदै लैजान्छ तर त्यसलाई उपेक्षा गरियो भने कठोर बन्दै विद्रोहसम्म जान सक्छ ।’ राप्रपाले ज्ञापन पत्र बुझाएर दिक्तेलको त्रिबेणी चोकमा कोण सभा गरेको थियो।