• ट्रेण्डिङ:

सरकारको विषेश आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त, सुविधा मन्त्रीकै

सरकारको विषेश आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त, सुविधा मन्त्रीकै

रोदिक खबर

३०, भाद्र २०७७
  • 2.5K
    SHARES
  • सरकारको विषेश आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त, सुविधा मन्त्रीकै

    काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारले विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी  सल्लाहकार नियुक्त गरेको हो ।

    करिब अढाई वर्षसम्म देशको अर्थमन्त्रालय सम्हालेका खतिवडालाई सरकारले प्रधानमन्त्री केपी ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको  सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएका छन्।

    निवर्तमान अर्थमन्त्री डा.  खतिवडालाई मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ,  ज्ञवालीले भने,  उहाँले मन्त्रिस्तरकै सुविधा पाउनुहुनेछ।

    खतिवडा अर्थबाट बाहिरिएपछि नयाँ अर्थमन्त्रीको चर्चा भइरहेका बेलामा उनी प्रधानमन्त्रीका विशेष सल्लाहकार भएका छन्। प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय आफैंले राख्‍ने चर्चा भइरहेका बेला खतिवडाले छाया अर्थमन्त्री को भूमिका पाएका हुन्। 

    प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - १९:०२:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको