नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऐतिहासिक कार्य सफलताका लागि बधाई दिएका छन् ।
चार वर्षे पदावधि सकिएपछि विदाई भएका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सेवाका दौरान लोकप्रियता कमाएको र इतिहास रचेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष किरातीले फेसबुकमार्फत बधाई दिएका हुन् । अध्यक्ष किरातीले ‘आफुले बनाएको इतिहासको रक्षा गर्न’ घिसिङलाई सुझाव दिएका छन् ।
प्राधिकरणको पदावधि सकिएपछि विदाई भएका कारण घिसिङ एससिसिको कार्यान्वयन गर्नबाट तत्कालका लागि आधा बचेको अध्यक्ष किरातीले बताएका छन् । ‘उर्जा मास्टर कुलमान घिसिङलाई ऐतिहासिक सफलताका लागि भारी बधाई छ । जीवनमा चमत्कार धेरै पटक हुँदैन ।
इतिहासको रक्षा स्वयंले गर्न जान्नु पर्छ,’ किरातीले लेखेका छन्, ‘कुलमान देशद्रोही एमसिसिमा डुव्लान की भन्ने डर थियो, बिदाईले सो डर आधा घटेको छ ।’ संसदबाट अनुमोदन भएपछि प्राधिकरणका कार्यकारी निर्देशककारुपमा एमसिसिको कार्यान्वयनमा लाग्नुपर्दा कुलमानको ख्याती र लोकप्रियतामा अशर पर्ने किरातीको धारणा छ ।