खोटाङ । खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवबिक्रम राई विजयी भएका छन् । आठौं जिल्ला अधिबेसन अन्तरगत शुक्रबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रामप्रसाद दंगाललाई पछि पार्दै राई एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । राईले ३३९ मत ल्याउँदा दंगालले १८७ मत ल्याएका थिए । पराजित दंगाल वर्तमान अध्यक्ष तथा विजयी राई वर्तमान उपाध्यक्ष थिए । राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका हुन् ।
यस्तै, उपाध्यक्षमा कुमारप्रसाद आचार्य निर्वाचित भएका छन् । आचार्यले ३५८ मत पाउँदा अर्का प्रत्यासी उपिनकुमार राईले १३४ मत पाएका छन् । सचिवमा सुरेन्द्रकुमार राई निर्विरोध निर्वाचित भएका छन् । उपसचिवमा राजनकुमार बञ्जरा निर्वाचित भएका छन् । उनले १४० मत ल्याएका छन् ।
उपसचिवमा उठेका गीरेन्द्रबहादुर राईले १३५ मत, चक्रबहादुर राई (दिलचक्र) ले ६२ मत, दिनेशकुमार राईले ४९ मत, गोपिकृष्ण खड्काले ३३ मत, युवराज रिजालले २४ मत र कमल ढकालले २३ मत प्राप्त गरेका छन् । महिला उपसचिवमा कविता राई विजयी भएका छन् । कविताले ४१२ मत ल्याउँदा प्रत्यासी भगवती प्रधानले ८९ मत पाएकी छन् । बुवाको निधन भएका कारण कविता भने अधिबेसनमा अनुपस्थित थिईन् ।
अधिबेसनमा ५६६ प्रतिनिधिमध्इे ५३९ मत खसेको थियो । केही बाहेक अधिकांश जिल्ला कमिटि सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । अधिबेसनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटि निर्माण भएको छ । एमाले खोटाङको इतिहासमा नेतृत्व चयनका क्रममा पहिलोपल्ट निर्वाचन भएको हो ।
अधिबेसन बुधबार एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्द्धघाटन गरेकी थिईन् । राईलाई पोलिटव्यूरो सदस्य बिशाल भट्टराई, प्रदेश कमिटि उप–सचिव देवान राई, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य एबं कोसी प्रदेश इन्चार्ज बिणादेबी राई लगायतको साथ थियो । दंगाललाई केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ रहेको थियो ।