नेकपा एमाले दिक्तेल नगर कमिटिको अध्यक्षमा पुनः गोपालचन्द्र आचार्य चयन

नेकपा एमाले दिक्तेल नगर कमिटिको अध्यक्षमा पुनः गोपालचन्द्र आचार्य चयन

रोदिक खबर

८, जेठ २०८१
  • 2.7K
    SHARES
  • नेकपा एमाले दिक्तेल नगर कमिटिको अध्यक्षमा पुनः गोपालचन्द्र आचार्य चयन

    खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर कमिटिीको अध्यक्षमा गोपालचन्द्र आचार्य सर्वसम्मत चयन भएका छन्। दिक्तेलस्थित समीक्षलय हलमा मङ्गलबार सम्पन्न तेश्रो नगर अधिवेशनबाट आचार्य पुनः अध्यक्षमा चयन भएका हुन् ।

    ६१ सदस्यीय नगर कमिटिको उपाध्यक्षमा चित्रकुमार राई, सचिवमा लेखबहादुर खड्का ‘विनोद’, उप–सचिवमा भक्तकुमारी राई र उमेश राई चयन भएका छन् ।

    यस्तै, लेखा आयोगमा सोमनाथ खनालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । नवनिर्वाचित नगर कमिटि तथा लेखा समितिलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश कमिटि सचिवालय सदस्य एवम् अलिख नेपाल महिला सङ्घकी केन्द्रीय सचिव विणादेवी राईले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी थिइन्।

    कार्यक्रममा नेकपा एमाले खोटाङका पूर्व अध्यक्ष नेता राम दंगाल, जिल्ला उपाध्यक्ष कुमार आचार्य, लेखा आयोगका प्रदेश सचिव ओमप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :जेठ ८, २०८१ मंगलवार - १९:५९:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको