मधेसका मुख्यमन्त्री सरोज यादवले पाएनन् विश्वासको मत

मधेसका मुख्यमन्त्री सरोज यादवले पाएनन् विश्वासको मत

रोदिक खबर

२३, जेठ २०८१
  • 2.6K
    SHARES
  • मधेसका मुख्यमन्त्री सरोज यादवले पाएनन् विश्वासको मत

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्नेमा यादवको पक्षमा ५० मतमात्र आयो । उनको विपक्षमा ५३ सांसदले मत गरे । आजको बैठकमा १०३ सांसद उपस्थित थिए ।

    जनता समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका यादवले पार्टी विभाजन भएको ३०औँ दिनमा विश्वासको मत मागेका थिए । आज विश्वासको मत नलिए उनी स्वत: पदमुक्त हुने थिए । संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

    ०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवले यसअघि ०७९ माघ ४ गते, ०८० जेठ ३० गते, ०८१ फागुन ६ गते र ०८१ वैशाख ४ गते विश्वासको मत लिएका थिए ।

    प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - २०:५५:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको