• ट्रेण्डिङ:

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

रोदिक खबर

६, श्रावण २०८१
  • 2.2K
    SHARES
  • प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

    खोटाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ ।

    दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

    प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ ।

    ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् ।

    उनको विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा र राप्रपालगायत दल छन् ।

    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - ०६:५९:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको