• ट्रेण्डिङ:

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु (नामावली सहित)

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु (नामावली सहित)

रोदिक खबर

९, श्रावण २०८१
  • 1.9K
    SHARES
  • सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु (नामावली सहित)

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

    प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

    ९ एन–एएमई सीआरजे-७ विमान आज बिहान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए ।

    विमानमा क्याप्टेन मनिष शाक्य थिए । शाक्यलाई घटनास्थलबाट उद्धार गरेर सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

    FB_IMG_1721806747232.jpg

    प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - १३:२२:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको