• ट्रेण्डिङ:

कांग्रेस सभापति देउवा होम आइसोलेशनमा,सत्तारुढ दलसँगको वैठक स्थगित

कांग्रेस सभापति देउवा होम आइसोलेशनमा,सत्तारुढ दलसँगको वैठक स्थगित

रोदिक खबर

१, आश्विन २०७७
  • 2.5K
    SHARES
  • कांग्रेस सभापति देउवा होम आइसोलेशनमा,सत्तारुढ दलसँगको वैठक स्थगित


    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सचिवालयका सात जनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएको हो ।

    आफ्नो सचिवलायका कर्मचारीमा संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेशनमा रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

    केही दिन यता सपभापति देउवाले भेटघाट पूर्ण रुपमा बन्द गरेको उनले बताए । बुधबार आएको रिपोर्टमा दुई कर्मचारीमा संक्रमण देखिएपछि आइसोलेशनमा रहेका देउवाको अहिलेसम्म स्वाब संकलन भने भएको छैन । शुक्रबार स्वाब संकलन गरी परीक्षणको तयारी भइरहेको स्वकीय सचिव भानु देउवाले बताए ।

    संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने कार्यक्रम तय भएको भएपनि सचिवलायका कर्मचारीमा संक्रमण देखिएपछि देउवाले सो भेट स्थिगित गरेका छन् ।

    प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १५:५०:३९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको