• ट्रेण्डिङ:

संविधान दिवशका अवशरमा खोटाङमा ‘संविधान सम्बन्धी परिसम्वाद’ कार्यक्रम

संविधान दिवशका अवशरमा खोटाङमा ‘संविधान सम्बन्धी परिसम्वाद’ कार्यक्रम

रोदिक खबर

३, आश्विन २०८१
  • 2.4K
    SHARES
  • संविधान दिवशका अवशरमा खोटाङमा ‘संविधान सम्बन्धी परिसम्वाद’ कार्यक्रम

    खोटाङ । संविधान दिवशका अवशरमा खोटाङमा ‘संविधान सम्बन्धी परिसम्वाद’ कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ खोटाङको आयोजनामा बिहीवार ‘संविधान सम्बन्धी परिसंवाद कार्यक्रम भएको हो ।

    जिल्ला समन्वय समितिको सभा हलमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले राजनैतिक स्थिरता र सुशासन कायम गर्न संविधानको कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिदै संविधानमा उल्लेख भएका जनताका अधिकारलाई व्यवहारमै उतार्नका लागि आवश्यक कानुन तत्काल निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

    संविधान देशको मूल कानुन भएकाले यही संविधानको आधारमा देशको समृद्धि सम्भव रहेकोले सबै तह र तप्काका नागरिक जिम्मेवार भएर संविधान र कानुनको कार्यान्वयनमा जानुपर्ने धारणा राखेका थिए ।

    संविधान जारी भएको नौ वर्ष भएपनि संविधानको कार्यान्वयनका लागि दलहरू एकजुट भएर अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए ।

    नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्रीको अध्यक्षतामा भएको ‘संविधान सम्वन्धी परिसंवाद’ कार्यक्रममा संविधान सभा सदस्य दुर्गाजयन्ती राई, पूर्व सांसद कुलप्रसाद फुयाल, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हिराकुमार राई, जिल्ला न्यायधिवक्ता टिकाभूषण घिमिरे, नेपाल वार एशोसिएसन खोटाङका सचिव ओमप्रकाश घिमिरे लगायतले परिसम्वाद कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।

    Screenshot_20240919_212839_Gallery.jpgकार्यक्रम शुरु हुनु अघि जिल्ला समन्वय समितिको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी भवनगैरा, त्रिवेणी चौक हुँदै रत्नपार्क पुगेर पुनः जिल्ला समन्वय समितिमा आएर कार्यक्रममा परिणत भएको थियो ।

    प्रकाशित मिति :आश्विन ३, २०८१ बिहिवार - २१:३०:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको