बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसले विपद् पीडितका लागि राहत कोषमा ५० लाख सहयोग गर्ने

कांग्रेसले विपद् पीडितका लागि राहत कोषमा ५० लाख सहयोग गर्ने

रोदिक खबर

१३, आश्विन २०८१
  • 2.2K
    SHARES
  • कांग्रेसले विपद् पीडितका लागि राहत कोषमा ५० लाख सहयोग गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

    कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले पीडित राहत कोषमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    राहत कोषमा रकम सहयोग गर्नका लागि सांसदहरुले १५ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ । बैठकले पार्टी संरचनालाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिएको छ ।

    पार्टी कार्यकर्ता, भ्रातृ र शुभेच्छुक संस्थालाई राहत, उद्धार कार्यमा सक्रिय रुपमा लाग्न निर्देशन दिएको हो ।

    प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - १२:५१:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको