• ट्रेण्डिङ:

जिल्ला प्रहरी कार्यालय खोटाङलाई तीनसय पिस ‘फेस शिल्ड’ प्रदान

जिल्ला प्रहरी कार्यालय खोटाङलाई तीनसय पिस ‘फेस शिल्ड’ प्रदान

रोदिक खबर

२, आश्विन २०७७
  • 5.4K
    SHARES
  • जिल्ला प्रहरी कार्यालय खोटाङलाई तीनसय पिस ‘फेस शिल्ड’ प्रदान

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङलाई तीन सय थान फेस शिल्ड प्रदान गरिएको छ । कोरोना महामारीकाबीचमा ड्यूटीमा खटिएका प्रहरीलाई संक्रमणबाट बचाउनका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा जिल्ला प्रहरी कार्यालयलाई फेस सिल्ड प्राप्त भएको हो ।

    प्रतिनिधिसभा सदस्य भट्टराईले विभिन्न व्यक्तिबाट फेस शिल्ड जुटाएर शुक्रबार जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियालाई हस्तान्तरण गरेका छन् ।

    कोरोना कहरकाबीचमा नागरिकसँगको प्रत्यक्ष सम्पर्कमा पुग्ने र ड्युटीमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर फेस सिल्ड जुटाएर प्रहरीलाई हस्तान्तरण गरिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए । 

    प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेकपाका कार्यालय सदस्य कुमार आचार्य, सामुदायीक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का लगायतको उपस्थितिमा प्रतिनिधिसभा सदस्य भट्टराईले प्रहरीलाई फेस शिल्ड हस्तान्तरण गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालयले पनि केही समयअघि प्रहरीलाई ६० थान फेस शिल्ड उलपव्ध गराएको थियो । आगामी दिनमा फ्रन्टलाईनमा ड्यूटीमा खटिएका तथा नागरिकसँग प्रत्यक्ष सम्पर्कमा पुग्ने प्रहरीले मास्क सहित फेस शिल्ड लगाउने प्रनाउ चिमरियाले बताए ।

    ‘प्राप्त भएको फेसशिल्ड प्रहरीको सबै यूनिट तथा नाकामा खटिएका प्रहरी पोष्टमा पु¥याउने छौँ । प्रहरी मास्कको अलवा फेस शिल्ड लगाएर ड्यूटीमा खटिनेछन्,’ प्रनाउ चिमरियाले भने, ‘संक्रमणको जोखिम बढिरहेको अवस्था छ । यो वेलामा जनतालाई संक्रमणबाट जोगाउन र आफु जोगिनका लागि फेस शिल्ड प्रभावकारी हुने अपेक्षा गरेका छौँ ।’ 

    प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - १५:३९:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको