• ट्रेण्डिङ:

सहकारी ठगी प्रकरण : पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

सहकारी ठगी प्रकरण : पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

रोदिक खबर

२, कार्तिक २०८१
  • 2.4K
    SHARES
  • सहकारी ठगी प्रकरण :   पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    कात्तिक २, काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् ।

    जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

    लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।

    प्रकाशित मिति :कार्तिक २, २०८१ शुक्रवार - १९:३५:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको