कांग्रेस कोसी प्रदेसको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने

कांग्रेस कोसी प्रदेसको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने

रोदिक खबर

१३, मंसिर २०८१
  • 2.3K
    SHARES
  • कांग्रेस कोसी प्रदेसको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने

    विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश समितिको पहिलो सम्मेलन आउँदो मंसिर २२ गते विराटनगरमा हुने भएको छ । सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

    सम्मेलनको तयारीका सम्बन्धमा जानकारी दिन बिहीबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा तयारी स्वरुप आठवटा उपसमिति गठन भएको सभापति उद्धव थापाले जानकारी दिए ।

    कांग्रेसको प्रदेशस्तरीय संगठनलाई क्रियाशील, सुदृढ, चलायमान र थप जिम्मेवार बनाउनका लागि प्रदेश कार्य समितिले विभिन्न अभियान सञ्चालन गर्दे आएको थापाले बताए ।

    राजनीति, आर्थिक र सांगठनिक प्रतिवेदन पारित भएअनुसार नै अबको कार्यदिशा लिएर अघि बढ्ने सभापति थापाको भनाइ छ ।

    कांग्रेसले पुस १६ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर झापाको केचनाबाट सगरमाथासम्म जनजागरण अभियान सञ्चालन गर्ने घोषणा महामन्त्री भुपेन्द्र राईले बताए ।

    महामन्त्री राईका अनुसार, “रोजगारी, कृषि, रहनसहनसँग जोडिएर अध्ययन गर्ने तयारी हो ।”

    प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - १६:५५:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको