खोटाङ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा राजन ठटाल सर्वसहमत चयन भएका छन् । होटल शुभ दिनको सभा हलमा आइतवार सम्पन्न भएको छैटौं जिल्ला अधिबेसनबाट ठटाल सर्वसहमत अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा पवन राई, महिला उपाध्यक्षमा अस्मिता खत्री, सचिवमा सन्तोष पौडेल, सह–सचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा टिवन राई, प्रमेश ढकाल, भुवन कटवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ चयन भएका छन् । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संविधान सभा सदस्य बिशाल भट्टराईले अधिवेशनको उद्घाटन गरेका थिए ।
प्रेस चौतारी नेपाल खोटाङका अध्यक्ष सिताराम राई (सञ्जीव) को अध्यक्षतामा भएको अधिवेशन उद्घाटनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेश पूर्व सामाजिक विकास मन्त्री उषाकला राई, नेकपा एमालेका केन्द्रीय सदस्य खगेन्द्र राई, नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई (पिके), नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य विणादेवि राई, प्रेस चौतारी नेपाल कोशी प्रदेशका सहइन्चार्ज एवम् नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्य, नेकपा एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, बरिष्ठ पत्रकार कृष्ण आाचार्य, नेकपा एमाले खोटाङका उापध्यक्ष कुमार आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राई, नेपाल पत्रकार महासंघ खोटाङका उपाध्यक्ष चिसाङ शेर्पा, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाई, प्रेस सेन्टर नेपाल खोटाङकी अध्यक्ष सविना अछामे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।