• ट्रेण्डिङ:

डा. केसीका माग सम्बोधन गर्न काँग्रेस संसदीय दलको आग्रह

डा. केसीका माग सम्बोधन गर्न काँग्रेस संसदीय दलको आग्रह

रोदिक खबर

४, आश्विन २०७७
  • 2.1K
    SHARES
  • डा. केसीका माग सम्बोधन गर्न काँग्रेस संसदीय दलको आग्रह

    नेपाली काँग्रेस संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवम् परिवर्तनका लागि जुम्लामा अनसन बस्नु भएका डा.गोविन्द केसीका जायज माग हालसम्म सरकारले सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।  

    काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत अनसनका कारण उनको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उनको मागलाई वेवस्ता गर्नु दुःखद भएको उल्लेख गरे ।

    काँग्रेस संसदीय दलले सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - १९:५५:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको