• ट्रेण्डिङ:

राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा

राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा

रोदिक खबर

४, आश्विन २०७७
  • 1.8K
    SHARES
  • राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा


    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गरेका छन्। पार्टीसम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यसँग आइतवार भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दाबी गरे।

    पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न निर्देशन दिँदै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए।  

    राप्रपाको एकतालाई चाँडोभन्दा चाँडो टुङ्गो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रुपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीलाई विश्वास दिलाए। 

    पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने थापाले बताए। गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए।  मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना संकट, पार्टी एकता र भावी कार्ययोजनाबारे उनले निरन्तर बैठक गरिरहेका छन्। 

    जनवर्गीय संगठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी सांगठानिक गतिविधीलाई तिव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए। बैठकमा २१ जनवर्गीय संगठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए।

    प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - २१:१४:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको