डाक्टर केके राई नेपाली कांग्रेसमा प्रवेश

डाक्टर केके राई नेपाली कांग्रेसमा प्रवेश

रोदिक खबर

१०, आषाढ २०८२
  • 6.5K
    SHARES
  • डाक्टर केके राई नेपाली कांग्रेसमा प्रवेश

    खोटाङ । नेपाल प्रजातान्त्रिक चिकित्सक संघको संस्थापक केन्द्रीय अध्यक्ष एवम् जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य डाक्टर कृष्ण कुमार राई (केके) नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    वरिष्ठ चिकित्सकको भूमिकामा रहेर लामो स्वास्थ्य क्षेत्र संगै राजनीतिमा सक्रिय राईलाई सोमबार नेपाली काङ्ग्रेसको केन्द्रीय सभापति शेरबहादुर देउवाले काङ्ग्रेसमा प्रवेश गराएका हुन् ।

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरी निवासी राई २०७४ को निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।

    पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता सर्वधन राई, नेपाली कांग्रेसका युवा नेता दिनेश राई, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुमन राई, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य नईन्द्र राई लगायतको उपस्थिती रहेको जनाईएको छ ।

    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - १०:११:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको