खोटाङ । नेपाली कांग्रेस खोटाङका सभापति बिष्णु कुमार राई कारबाहीमा परेका छन् । उनलाई पार्टीले पार्टी सदस्यता नै एक वर्षसम्मका लागि खारेज हुनेगरी निष्कासन गरेको हो ।
२०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि भएपछि राईलाई कार्वाही गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बताए ।
सभापति राईले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी परेको थियो । असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले खोटाङका सभापति राईलाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको हो।
