काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य गर्न भन्दै नेकपाको सचिवालय बैठक भोलि मंगलबारका लागि सरेको छ।
यसअघि बैठक आज दिउँसो १ बजे बस्ने तय भएको थियो। बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२:३० बजे बालुवाटारमा बस्ने भएको छ ।
यसअघि आईतबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।