• ट्रेण्डिङ:

सुशीला कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

सुशीला कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

रोदिक खबर

२७, भाद्र २०८२
  • 2.5K
    SHARES
  • सुशीला कार्कीकाे नेतृत्वमा  तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ ।

    जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने छ । मन्त्री बन्नेहरूकाे नाम फाइनल हुँदैछ ।

    जेनजी पुस्ताका युवाहरूले गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए ।

    प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - २०:४९:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको